काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप लगाएका छन्।
उनले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको भन्दै आगामी दिनमा उत्पन्न हुन सक्ने संकटलाई लिएर चिन्ता व्यक्त गरे। लोकतन्त्रको भविष्यप्रति समेत गम्भीर प्रश्न खडा भएको उनको भनाइ छ।
‘रवि लामिछानेले राजनीतिक दलहरूलाई जोड्ने प्रयास गर्नुहुन्छ तर सरकारले राजनीतिक दलहरूसँग संवाद गर्दैन। सरकार संसद् र नागरिकसँग संवाद गर्दैन,’ पोखरेलले भने, ‘त्यो अवस्थामा भविष्यका संकटहरूलाई हामीले कसरी सामना गर्ने भन्ने विषयमा अत्यन्त चिन्ता छ।’
उनले जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्रीले आफूले चुनेको संसदीय दल र जनतासँग संवाद नगरेको भन्दै सरकार लोकतन्त्रतर्फ अघि बढिरहेको हो कि अधिनायकवादतर्फ भन्ने प्रश्न उठाए।
‘चिन्ता लोकतन्त्रको भविष्यमाथि पनि छ। जनताले विश्वास गरेको प्रधानमन्त्रीले आफैंले चुनेको संसदीय दल र जनतालाई चिन्नु हुँदैन। हामी लोकतन्त्रतर्फ हिंड्दैछौं कि अधिनायकवादतर्फरु’ उनले प्रश्न गरे।
लोकतन्त्रको रक्षाका लागि कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको पनि पोखरेलले बताए। विगतमा वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूले राणा शासन र राजतन्त्रविरुद्ध प्रश्न उठाएझैं अहिले पनि सामूहिक एकताको आवश्यकता रहेको उनले बताए।
उनले जनताले एउटै दललाई झन्डै दुई तिहाइको जनादेश दिएर स्थायित्वका लागि म्यान्डेट दिएको स्मरण गरे। तर अहिले मुलुकको भविष्य र भूराजनीतिक अवस्थालाई लिएर सबैमा चिन्ता रहेको उनको भनाइ छ।
सुशासन र विकासका लागि सरकारले जनादेश पाए पनि त्यसअनुसार काम हुन नसकेको उनले आरोप लगाए। सरकारको सेवा प्रवाह लथालिङ्ग बन्दै गएको र विदेश जाने नेपालीको संख्या घट्न नसकेको उनको भनाइ छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेस नै हुने बताएका छन्।...
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन...
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन कुमार आचार्यले पार्टीका नेताकार्यकर्ताहरुमा दम्भ र अहंकारको छुट नभएको बताएका छन् । रुपन्देहीको सियारीमा आइतबार आयोजित...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक...
काठमाडौँ। काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सञ्चालन भइरहेको छ। जहाँ सम्बोधनका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत नेता पुगिसकेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend