काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले राष्ट्रिय चिन्तन गर्नुपर्ने विषय भएको भनेर उनले संविधान संशोधनको विषय उठाएका हुन् ।
संविधान संशोधनको विषय सरकारले अगाडि बढाउँदै गर्दा, व्यवस्थित र परिपक्व ढंगले अगाडि बढाउँदै गर्दा संविधानले नै परिकल्पना गरेबमोजिमको मुल्यांकनमा सरकारको साथमा उभिने प्रतिबद्धता जनाए ।
‘तर सविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्नु हुँदैन । संविधान संशोधनको विषय गणितको विषय मात्रै बन्न हुँदैन’ उनले भने ।
संविधान संशोधन गरिरहँदा वा लेखन गरिरहँदा त्यो केवल गणितको विषय नबनेर त्यो समग्र एकता र भावनाको विषय बन्नुपर्ने आग्रह गरे ।
उनले यसरी काम गर्नुपर्ने भनेर उनले सरकारसमक्ष यस्तो आग्रह गरे ।
संविधान संशोधन गर्दा जेनजी आन्दोलनको मर्म र भावना तथा मधेश आन्दोलन र विभिन्न समूह र भूगोलमा भएको मागलाई पनि सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेस नै हुने बताएका छन्।...
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप लगाएका छन्। उनले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको भन्दै...
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन कुमार आचार्यले पार्टीका नेताकार्यकर्ताहरुमा दम्भ र अहंकारको छुट नभएको बताएका छन् । रुपन्देहीको सियारीमा आइतबार आयोजित...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक...
काठमाडौँ। काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सञ्चालन भइरहेको छ। जहाँ सम्बोधनका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत नेता पुगिसकेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend