काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक नदेखाएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै चौधरीले अब आधाआधी कपाल फुलेका नेताहरूले भने देश बनाउने आशा रहेको बताए।
उनले कांग्रेसले राणा शासन ढालेको, कमैया मुक्ति गरेको तथा नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। तर संविधानमा अधिकार लेखिए पनि थारू समुदायले व्यवहारमा अधिकार नपाएको उनको गुनासो थियो। ‘नेपालको संविधानको ६.७ प्रतिशत हुने थारू कहिले प्रधानसेनापति हुने ? कहिले मुख्यसचिव हुने?’ उनले प्रश्न गरे।
चौधरीले कांग्रेस नेता गगन थापाको राजनीतिक आन्दोलनको प्रसंग उल्लेख गर्दै आफूहरू पनि १९ दिने जनआन्दोलनमा सहभागी भएर लाठी खाएको बताए। उनले आन्दोलनसँगै थारू समुदायको धर्म र पहिचान साट्न खोजिएको भन्दै आपत्ति जनाए। ‘हाम्रो पहिचानसँग कुनै धर्म साट्न पाइँदैन। दसैँको जमरासँग कुनै साटफेर गर्न सक्दैनौँ,’ उनले भने।
चौधरीले टीकापुरलाई जिल्ला बनाउने आफूहरूको पुरानो सपना अझै पूरा नभएको भन्दै यसको रेखांकन र नामांकन गर्न माग गरे। उनले आफूलाई थारूको मात्र नेता भनेर बुझ्ने गरिएकोप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय गीत गाए पनि राष्ट्रिय बन्न नसकेको बताए।
उनले नेपालको राजनीतिमा जालझेल रहेको भन्दै रवि लामिछानेको प्रसंगसमेत उल्लेख गरेका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेस नै हुने बताएका छन्।...
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन...
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप लगाएका छन्। उनले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको भन्दै...
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन कुमार आचार्यले पार्टीका नेताकार्यकर्ताहरुमा दम्भ र अहंकारको छुट नभएको बताएका छन् । रुपन्देहीको सियारीमा आइतबार आयोजित...
काठमाडौँ। काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सञ्चालन भइरहेको छ। जहाँ सम्बोधनका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत नेता पुगिसकेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend