Nepal Face
  • आइतबार, १८ असोज २०८३
  • जसपा नेपालका ४ केन्द्रीय नेताले दिए सामूहिक राजीनामा


    आइतबार, असोज १८ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले सामूहिक राजीनामा दिएको घोषणा छन् ।

    उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

    राजीनामा दिनेहरूमा पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन् ।

    उनीहरूले ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने समेत जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार