Nepal Face
  • आइतबार, १८ असोज २०८३
  • रास्वपाका कुनै नेताकार्यकर्तालाई अहंकार बोक्ने छुट छैन: महामन्त्री आचार्य


    आइतबार, असोज १८ २०८३
    120
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन कुमार आचार्यले पार्टीका नेताकार्यकर्ताहरुमा दम्भ र अहंकारको छुट नभएको बताएका छन् ।

    रुपन्देहीको सियारीमा आइतबार आयोजित पार्टीको कार्यक्रममा उनले अहिले साना साना कमजोरी पनि गर्ने छुट रास्वपामा जोडिएका कसैलाई नभएको बताएका हुन् ।

    महामन्त्री आचार्यले मिडिया र आम नागरिकले समेत पार्टीका नेताकार्यकर्ताको सानासाना कमजोरी बाहिर ल्याइरहेको समयमा यसबाट सचेत रहनुपर्ने बताउँदै यसले आफूहरुलाई पनि सुधार गरेर लैजाने भएकाले सकारात्मक लिनुपर्ने जनाएका थिए ।

    ‘हामीसँग नागरिकको धेरै अपेक्षा रहेको छ, साना साना कमजोरी पनि हामीलाई गर्ने छुट छैन, मिडियादेखि सबैले हाम्रा कमजोरी हेरिरहेको अवस्था छ, रास्वपामा जोडिएका नेता, कार्यकर्ता मात्र होइन शुभेच्छुकहरुले पनि यसमा विशेष ध्यान पुराउनुपर्ने छ’ उनले भने, ‘हाम्रो काँधमा धेरै जिम्मेवारी छ, त्यसको सम्पादन गर्न सबैले साथ दिनुपर्छ ।’

    महामन्त्री आचार्यले सरकारले गरेका सकारात्मक काम जनस्तरमा पुराउन र जनस्तरको अपेक्षा पार्टी तथा सरकारसमक्ष पुराउन स्थानीय कमिटी बढी संवेदनशील हुनुपर्ने बताएका थिए ।

    आचार्य आइतबार रुपन्देहीका विभिन्न स्थानमा भेटघाट तथा केही कार्यक्रममा सहभागी भएका आचार्य पार्टीको लुम्बिनी प्रदेशको बिस्तारित बैठकका लागि दाङ जाने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार