Nepal Face
  • आइतबार, १८ असोज २०८३
  • काँग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी घोषणा 


    आइतबार, असोज १८ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्य समेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने बताए ।

    ‘देश तथा विदेशबाट समेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीूरुबाट सुझाव आएको छ,’ उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’

    इमान्दार र नैतिकवान नेताको छवि बनाएका भट्टराईले नेविसंघको अध्यक्ष रहँदा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गरेका थिए ।

    उनको नेतृत्वमा भएको स्ववियु निर्वाचनमा ८० प्रतिशत स्ववियुमा नेविसंघको पक्षमा नतिजा आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार