काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेपछि अनुगमनका लागि टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको आयोगको टोलीलाई भेट्न रोक लगाइएको थियो।
यो घटनाप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ।
‘अनुगमनका लागि आयोगका माननीय सदस्य नेतृत्वको उच्चस्तरीय टोली आज टेकुस्थित प्रहरी परीसर पुगेको थियो। सो क्रममा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको छ। अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो यस विषयमा समेत टोलीलाई जानकारी दिइएन’, आयोगले उल्लेख गरेको छ।
निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन पनि आयोगका प्रवक्ता एवं सहसचिव डा टीकाराम पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा माग गरिएको छ।
आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४, क मा आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था छ। यस्तो संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको व्यवहारप्रति आयोगले खेद प्रकट गरेको छ।
गएराति पक्राउ गरेको प्रहरीले जबरालाई दिउँसो घरमै लगेर छाडिदिएको छ। प्रहरीले सुरक्षाको कारण देखाउँदै राति नै उनलाई उठाएर आफ्नो कार्यालय ल्याएको थियो। तर १२ घण्टा राखेर फेरि घर लगेर छाडेको छ।
काठमाडौँ। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ। आइतबार बिहान हिमपहिरो गएको हो। यहाँ आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना...
काठमाडौँ । लगातारको वर्षाले जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति...
काठमाडौं । सङ्घीय संसद् सचिवालयले भोलि सोमबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक...
काठमाडौं । महाराजगञ्जस्थित निवासबाट समातिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएर पठाएको छ । आइतबार बिहान ३ बजे बाँसबारीस्थित निवासबाटै पक्राउ गरिएका पूर्व प्रधानन्यायाधीश...
काठमाडौँ। बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक खण्ड अवरुद्ध भएका छन्। सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend