Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • पक्राउको कारण नै नखुलाई छुटे पूर्वप्रधानन्यायाधीश जबरा


    आइतबार, असोज ११ २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महाराजगञ्जस्थित निवासबाट समातिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएर पठाएको छ ।

    आइतबार बिहान ३ बजे बाँसबारीस्थित निवासबाटै पक्राउ गरिएका पूर्व प्रधानन्यायाधीश जबरालाई प्रहरीले आज छाडेको हो । बिनापुर्जी मध्यरात घरमा पक्रन पुगेको प्रहरी टोलीसँग राणाले कसूरसहितको पुर्जी मागेका थिए । तर, प्रहरीले पक्राउको कुनै चित्तबुझ्दो आधार र कारण दिन नसकेपछि झण्डै १२ घण्टा हिरासतमा बिताएका राणालाई छाडेको हो ।

    प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो कि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने अझै स्पष्ट पारिसकेको छैन् । प्रहरी अधिकारीहरूले जबरालाई उनीमाथी सुरक्षा खतरा रहेको बताउँदै नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार