Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • तिनाउको बाढीले बुटवलमा पाँच घर बगायो


    आइतबार, असोज ११ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। दुई दिनदेखि परेको अविरल वर्षाले उर्लिएको तिनाउ नदीको बाढीले बुटवलमा पाँच घर बगाएको छ । तिनाउ नदी किनारमा बसेका बुटवल उपमहानगरपालिका- ११ मजुवामा जस्तापाताले छाएका घरहरू बगाएको हो ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त क्षेत्रमा मानवीय क्षति हुनबाट जोगिएको छ । स्थानीय सखिल मियाँ, दुर्गादेव बानियाँ, बफारदिन मियाँ, राजेन्द्र दर्जी र अब्दुल अलीको घर पूर्णरुपमा बगाएर क्षति पुगेको हो । उनीहरूलाई बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा बनाएको होल्डिङ सेन्टरमा राखिएको छ ।

    पानी परेदेखि तिनाउखोलामा निरन्तर बाढी उर्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले समेत तिनाउ नदीले क्षति पुर्‍याउन सक्ने भन्दै सजग रहन आग्रह गरिरहेको छ । मजुवा,बुद्धनगरसहित तिनाउ नदी आसपासमा बर्सेनि नदीले कटान गर्दै आइरहेको छ । नदीले कटान गरेका अरु बस्तीहरू पनि जोखिममा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार