Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • सोमबार बस्ने संसद बैठकमा स्वास्थ्य र कानुनसँग सम्बन्धित आधा दर्जन विधेयक प्रस्तुत हुने


    आइतबार, असोज ११ २०८३
    95
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सङ्घीय संसद् सचिवालयले भोलि सोमबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक गरिएको कार्यसूचीमा कानुन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विधेयकहरू प्रस्तुत हुनेछन् ।

    कार्यसूचीको पहिलो बुँदामा प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ । सुरुमा मन्त्री गौतमले विधेयक सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । त्यसपछि विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने र तत्पश्चात् उक्त विधेयक प्रस्तुत गर्ने कार्यतालिका छ ।

    संसद सचिवालयका अनुसार बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

    कार्यसूचीअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ लाई पेस गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ पेस गर्ने र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ मन्त्री मेहताले पेस गर्ने गर्नेछिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार