Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन


    आइतबार, असोज ११ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ। आइतबार बिहान हिमपहिरो गएको हो।

    यहाँ आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना आरोहण सहयोगी थिए। तीमध्ये करिब १० जना सम्पर्कविहीन छन्। उनीहरू सबै नेपाली नागरिक हुन्।

    सम्पर्कविहीन भनिएका सबै नेपाली नागरिक रहेको प्रारम्भिक जानकारी आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको पौडेलले बताए।

    सम्भावित जोखिममा परेकाहरूको खोज तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टरमार्फत टोली मनाङ पुगेको छ।

    हिमपहिरोबाट के कति क्षति भयो भन्नेबारे भने अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार