काठमाडौं। व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अघि बढाइएको छ।
स्रोतका अनुसार सिन्धुलीको मरिण गाउँपालिका-४, साहानस्थित जियान फुड्स प्रालिमा कार्यरत उनीहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई काम गरेको पाइएको हो।
चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने परियोजनाअन्तर्गत निर्माणाधीन उक्त उद्योगमा चीनको छेङ्दु तियान फुड लिमिटेडको आर्थिक साझेदारी रहेको छ।
अध्यागमन विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको पछिल्लो अनुगमनका क्रममा केही विदेशी नागरिक व्यावसायिक भिसा सिफारिस तथा स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिका रोजगारी, श्रम तथा अन्य कार्यमा संलग्न रहेको पाएको जनाएको छ।
भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि उनीहरूको व्यावसायिक भिसा रद्द गरिएको अध्यागमन स्रोतको भनाइ छ। उनीहरूलाई अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गरी निष्कासनको प्रक्रिया अघि बढाइएको हो।
अध्यागमन नियमावली, २०५१ अनुसार व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएका हुन्, सोही उद्देश्यअनुसार नेपालमा बस्नुपर्ने व्यवस्था छ। यस्तो भिसा रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न पाइँदैन।
सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसारका गतिविधिमा मात्र संलग्न हुन विभागले अनुरोध गर्दै आएको छ। सम्बन्धित उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा नलगाउन निर्देशन पनि दिँदै आएको छ।
काठमाडौं । बेथिति, विसङ्गतिको पर्याय बन्दै गएको समाज कल्याण परिषद् अन्तर्गतको जेष्ठ नागरिक कोषमा सभापति देवीप्रसाद सुवेदी र सदस्य सचिव गोपाल महतो कुशवाहले अर्को...
काठमाडौँ। सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको...
काठमाडौँ। कालिकोटमा सरकारी जग्गा भूमिहीनलाई दिँदा भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। खाँडाचक्र नगरपालिका-१ का वडा सचिवसमेतले पदको दुरूपयोग गरी कर्णाली राजमार्गसँगै...
काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend