काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक २०८३’ पेस गरिएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेस गरेको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति प्रदान गरेको हो।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकास मन्त्री लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका थिए।
यो पनि-डस्टबिनमा फोहोर नराख्नेलाई ५ देखि १५ हजारसम्म जरिबाना गर्ने विधेयक संसदमा
विधेयक पेश गर्दै मन्त्री लम्सालले फोहरमैलाको उत्सर्जन, संकलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारीलाई थप स्पष्ट पार्न आवश्यक रहेको बताए।
उनले तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न यो विधेयक अपरिहार्य रहेको उल्लेख गरेका थिए।
विधेयकको मुख्य उद्देश्य फोहरमैलाबाट मानव स्वास्थ्य र वातावरणमा पर्नसक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नु रहेको छ।
साथै, चक्रीय अर्थतन्त्रको अवधारणालाई आत्मसाथ गर्दै फोहरमैला प्रशोधन गरी त्यसलाई स्रोत सामग्रीका रूपमा उपयोग गर्ने कानूनी आधार तयार पार्ने लक्ष्य राखिएको छ।
काठमाडौं । बेथिति, विसङ्गतिको पर्याय बन्दै गएको समाज कल्याण परिषद् अन्तर्गतको जेष्ठ नागरिक कोषमा सभापति देवीप्रसाद सुवेदी र सदस्य सचिव गोपाल महतो कुशवाहले अर्को...
काठमाडौं। व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अघि बढाइएको...
काठमाडौँ। सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको...
काठमाडौँ। कालिकोटमा सरकारी जग्गा भूमिहीनलाई दिँदा भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। खाँडाचक्र नगरपालिका-१ का वडा सचिवसमेतले पदको दुरूपयोग गरी कर्णाली राजमार्गसँगै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend