काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्।
मौसम पूर्वानुमान विज्ञान विभागले दिएको जानकारी अनुसार अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
प्रधानमन्त्री शहले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका हुन् ।
उनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न पनि अनुरोध गरेका छन् ।
उनले मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेका छन् ।
काठमाडौं । बेथिति, विसङ्गतिको पर्याय बन्दै गएको समाज कल्याण परिषद् अन्तर्गतको जेष्ठ नागरिक कोषमा सभापति देवीप्रसाद सुवेदी र सदस्य सचिव गोपाल महतो कुशवाहले अर्को...
काठमाडौं। व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अघि बढाइएको...
काठमाडौँ। सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा...
काठमाडौँ। कालिकोटमा सरकारी जग्गा भूमिहीनलाई दिँदा भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। खाँडाचक्र नगरपालिका-१ का वडा सचिवसमेतले पदको दुरूपयोग गरी कर्णाली राजमार्गसँगै...
काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend