काठमाडौँ। कालिकोटमा सरकारी जग्गा भूमिहीनलाई दिँदा भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
खाँडाचक्र नगरपालिका-१ का वडा सचिवसमेतले पदको दुरूपयोग गरी कर्णाली राजमार्गसँगै जोडिएको कित्ता नं.१७७२ को नगर विकास समितिको नाममा भएको जग्गा आफ्नी आमाको नाममा दर्ता गरेको उजुरी परेको थियो।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा कित्ता नं. ५७२ र ९२१ को जग्गा भूमिसम्बन्धी प्रचलित कानुन विपरीत तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धिरबहादुर बमसमेतले व्यक्तिका नाममा कायम गराएको भेटिएको छ।
उक्त सरकारी सम्पत्ति गैरकानुनीरूपमा अंखपुरा शाही, प्रदिपे दमाई र दिपबहादुर शाहीको नाममा दर्ता गरी भोगचलन गरेको, समितिले उक्त जग्गाको सिफारिश गर्दा स्थलगत निरीक्षणसमेत नगरी कानुनले तोकेका न्युनतम विधि र प्रक्रिया मिची निर्णय गरेको देखिएको अख्तियारको निश्कर्ष छ।
भूमिसम्बन्धी नियमको प्रतिकूल हुनेगरी नगरपालिकाको शहरी र बजार क्षेत्रमा तोकिएको १३० वर्गमिटर क्षेत्रफलको सीमाभन्दा अत्यधिक बढी क्षेत्रफलको जग्गा कृषि प्रयोजनको लागि उपलब्ध गराएको देखिएको छ।
उनीहरूको अन्यत्र घरजग्गा रहेको भूमि प्रशासन कार्यालय अभिलेख विवरण श्रेस्ताबाट देखिन आएको तथा प्रतिवादी दीपबहादुर शाहीले जग्गाधनी प्रमाण पूर्जा पाएको चार वर्ष र जग्गाधनी दर्ता श्रेस्ता अद्यावधिक भएको दुई वर्ष पनि नपुग्दै बिक्री समेत गरेको देखिएको छ।
यसमा तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिरबहादुर बम, तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका विज्ञ सदस्य रमेश नेपाली, तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका सदस्य राजेन्द्रबहादुर थापा, मालपोत कार्यालय कालिकोटका तत्कालीन कार्यालय प्रमुख नेत्रबहादुर शाही रहेका छन्।
यस्तै मालपोत कार्यालय कालिकोटका सहायक कम्प्युटर अपरेटर विरेन्द्र्बहादुर शाही, खाँडाचक्र नगरपालिका-१ का तत्कालीन कार्यवाहक वडाध्यक्ष (वडा सदस्य)भरतबहादुर शाही, मालपोत कार्यालय, (हाल भूमि प्रशासन कार्यालय) कालिकोटका तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेत, भूमि प्रशासन कार्यालय कालिकोटका कार्यालय सहयोगी भक्तबहादुर शाही र जग्गा प्राप्त गर्ने चार जनालाई पनि प्रतिवादी बनाइएको छ।
कित्ता नं. १७७२ को जग्गा प्राप्त गर्ने अंखपुरा शाही, कित्ता नं. ५७२ को जग्गा प्राप्त गर्ने प्रदिपे दमाई, कित्ता नं.९२१ को जग्गा प्राप्त गर्ने दीपबहादुर शाही र कित्ता नं. ९२१ को जग्गा खरिद गर्ने नरेन्द्रबहादुर थापाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ।
काठमाडौं । बेथिति, विसङ्गतिको पर्याय बन्दै गएको समाज कल्याण परिषद् अन्तर्गतको जेष्ठ नागरिक कोषमा सभापति देवीप्रसाद सुवेदी र सदस्य सचिव गोपाल महतो कुशवाहले अर्को...
काठमाडौं। व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अघि बढाइएको...
काठमाडौँ। सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको...
काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend