Nepal Face
  • बुधबार, ७ असोज २०८३
  • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त


    बुधबार, असोज ७ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को असोज २ गतेको निर्णय अनुसार काठमाडौँ महानगरपालिका-१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो ।

    नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चार मन्त्री डा। विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    शपथपछि सूचना तथा सञ्चार मन्त्री डा. तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए ।

    उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

    सञ्चार मन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विज्ञापन बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार