Nepal Face
  • आइतबार, ४ असोज २०८३
  • सप्तरीबाट १४ सय किलो गाँजा बरामद


    आइतबार, असोज ४ २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सप्तरीमा गएराति १४ सय किलो गाँजासहित एक ब्यक्तिलाइ नियन्त्रणमा लिइएको छ ।

    राति करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका–६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित उनलाइ नियन्त्रणमा लिइएको हो ।

    सदाले घरमा ठूलो परिमाणको गाँजा लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले उनको घरबाट ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १४ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो ।

    गाँजासहित सदालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ । सीमावर्ती गाउँ भएकाले उक्त गाँजा भारततर्फ निकासी गर्न लागिएको आशंका गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार