सञ्जय मिश्रा
रौतहट । रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मद्दतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथि ल्याएर खानतलासी गर्दा छुट्टाछुट्टै प्याक गरिएको प्लास्टिकको पोकाभित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको नेपाली नम्बरको उक्त कार आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तीब्र गतिमा गाडी भगाएका थिए । प्रहरीको टोलीले गाडी पछ्याउँदै जाँदा कार चालकले गरुडा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
डिएसपी राजन कार्कीले झाँझखोलाछेउ खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उmखुबारी हुँदै भागेको बताएका छन् । प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च गरे पनि चालक भने फरार हुन सफल भएका छन्।
बरामद कारसहितको गाँजाबारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताएका छन् । बरामद नेपाली नम्बरको कारको माध्यमले गाँजाको बास्तविक कारोबारी पक्राउ हुनसक्ने इलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ । यसबारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताए ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend