सञ्जय मिश्रा
रौतहट । रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मद्दतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथि ल्याएर खानतलासी गर्दा छुट्टाछुट्टै प्याक गरिएको प्लास्टिकको पोकाभित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको नेपाली नम्बरको उक्त कार आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तीब्र गतिमा गाडी भगाएका थिए । प्रहरीको टोलीले गाडी पछ्याउँदै जाँदा कार चालकले गरुडा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
डिएसपी राजन कार्कीले झाँझखोलाछेउ खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उmखुबारी हुँदै भागेको बताएका छन् । प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च गरे पनि चालक भने फरार हुन सफल भएका छन्।
बरामद कारसहितको गाँजाबारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताएका छन् । बरामद नेपाली नम्बरको कारको माध्यमले गाँजाको बास्तविक कारोबारी पक्राउ हुनसक्ने इलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ । यसबारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताए ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend