काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
छठ पर्व २०८३ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्थप सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताएका हुन्। उनले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गरी मनाउने छठ पर्वले सूर्य देवको आराधना गरी सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताएका छन्।
राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको उल्लेख गरेका छन्।
‘सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृतिप्रतिको सम्मान तथा पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यवद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ,’राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले सूर्य,जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा,अर्चना तथा व्रत गरी रातभर नदी,खोला,पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको उल्लेख गरेका छन् । उनले खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको बताएका छन्।
नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति,सुशासन,विकास तथा समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछ भन्दै राष्ट्रपति पौडेलले कामना गरेका छन्।
तराई-मधेसको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई धार्मिक आस्था र निष्ठापूर्वक पूजाआजा गरिँदैछ। मुख्य पूजाका लागि पायक पर्ने जलाशय र नदी किनारमा विशेष रूपमा तयार पारिएका घाटहरूमा अस्ताउँदो सुर्यलाई अर्घ्य दिई मुख्य पूजा गरिदैछ ।
गएराति ‘खरना’ विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर उपवास बसी साँझको समयमा घरमा तयार पारिएका ठेकुवा, भुसवा, मिष्ठान्न लगायतका पूजासामग्रीसहित मुख्य पूजामा सहभागी हुँदैछन्। यसअघि नै प्रसादका रूपमा प्रयोग हुने उखु, केराको घिरौंला, नरिवललगायतका पूजासामग्रीको बन्दोबस्त गरिसकेका व्रतालुहरू अहिले घाटतर्फ जाने तयारीमा जुटेका छन्।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार थाइल्यान्डबाट काठमाडौँ ल्याएको...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन...
काठमाडौं । भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend