Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • त्रिभुवन विमानस्थलबाट साढे ५ केजी सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ


    आइतबार, कार्तिक ३० २०८३
    0
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार थाइल्यान्डबाट काठमाडौँ ल्याएको सेतो हेरोइन बरामद गरेको हो।

    उनका अनुसार प्रहरीले बरामद सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड पर्ने आकलन गरिएको छ ।

    सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे रहेका छन् । शनिबार बिहान प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा उनले ल्याएको लगेजमा खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएको अवस्थामा सेतो हेरोइन फेला परेको थियो ।

    पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौँ आएर भारत गएको ट्राभल हिस्ट्री भेटिएको छ । उनले जिम्बाम्बे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरण देखिएको छ ।

    उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको एसएसपी बोहराले जानकारी दिए । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार