Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव फेला


    शनिबार, असोज ३ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ।

    भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा आज थप ११ शव फेला परेका हुन्।

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा आज ११ वटा शव पारी बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ।

    यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएका थिए। खोजी अझै जारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार