Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • धरौटी बुझाउन नसकेपछि किस्पाङ गाउँपालिका अध्यक्ष कारागार चलान


    शुक्रबार, असोज २ २०८३
    180
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्।

    काठमाडौँ जिल्ला अदालतले तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतका सूचना अधिकारीका अनुसार तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो।

    प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग गरेको छलफलमा तामाङ पनि सहभागी भएका थिए।

    छलफल सकेर बाहिरिएलगत्तै प्रहरीले उनलाई सिंहदरबार अगाडिबाट पक्राउ गरेको थियो। त्यसपछि आवश्यक कानुनी प्रक्रियाका लागि उनलाई अदालतमा उपस्थित गराइएको थियो।

    तामाङविरुद्ध बैंकिङ कसुरसँग सम्बन्धित १० वटा मुद्दा रहेको पाइएको छ। ती मुद्दामध्ये अदालतले कुन मुद्दामा धरौटी मागेको हो भन्ने विस्तृत विवरण भने सार्वजनिक भएको छैन।

    अदालतको आदेशअनुसार धरौटी दाखिला गर्न नसकेपछि उनलाई कारागार पठाइएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार