Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • वालेन सरकारको रफ्तारमा काम गर्दै कोशी अस्पतालका मेसु झा, अस्पताल सुधारमा छलाङ


    शुक्रबार, असोज २ २०८३
    1.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने बिरामीले छिटोछरितो सेवा पाउन् भन्नेमा केन्द्रित रहेको छ । उनी अस्पतालको सेवाप्रवाहलाई छिटोछरितो र प्रविधिमैत्री बनाउनेमा लागेका छन् । सीमित स्रोत–साधनका बाबजुद बिरामीले अनावश्यक रूपमा समय र श्रम खर्च गर्न नपरोस् भन्ने कुरामा उनी सचेत भएर लागेका छन् ।

    वालेन्द्र शाह प्रधानमन्त्री भएपछि शासकीय सुधारका १ सय कार्यसूचीको महत्वपूर्ण बुँदा सुशासको एजेन्डालाई कोशी अस्पतालका मेसु झाले तत्कालै कार्यान्वयनमा ल्याएका थिए । उनले ७० बर्षदेखि अस्पतालको जग्गा अतिक्रमण गरी बनाएका ब्यापारीक संरचनामा डोजर चलाएर खाली गराई अस्पतालको सेवा बिस्तार गर्न सफल भएका छन् ।

    विगतमा कुनै पनि मेसुले आँट नगरेको कोशी अस्पतालको जग्गामा अतिक्रमण गरी बनाइएका ३२ वटा व्यावसायिक सटरहरू झाको कार्यकालमा अस्पताल प्रशासनले भत्काएको थियो ।

    देवकोटा पुस्तकालय, नेपाल रेडक्रस प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, गणेश मन्दिर र नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका २६ वटा र कोशी अस्पतालको ६ वटा सटर गरी ३२ वटा सटर भत्काइएको थियो ।

    अतिक्रमण गरिएका टहरा भत्काएर अस्पतालले पर्खाल लगाएइसकेको छ

    नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीदेखि मधेशवादी दलको आडमा अस्पतालको कब्जा गरिएको संरचना निर्माण गरिएको थियो । अस्पतालको जग्गा कब्जा गरी शक्तिशाली ब्यक्तिहरुले बनाएका संरचना भत्काई उक्त जग्गामा पर्खाल लगाउने काम पनि झाले गरिसकेका छन् । बिभिन्न धम्कीको पर्वाह नगरी उनले अस्पतालको जग्गामा निर्मित टहरा भत्काएका थिए ।

    टहरा भत्काइसकेपछि झाले टिकट काउन्टरको एकीकृत व्यवस्थापन, ल्याब रिपोर्टलाई सहज बनाउने प्रविधिको प्रयोग, नयाँ भवनको उचित उपयोग र विभागहरूको पुनःव्यवस्थापन मार्फत सेवाग्राहीलाई अधिकतम सहजता दिने प्रयास गरेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको मार्गनिर्देशनमा कर्मचारी, चिकित्सक, सेवाग्राही र सरोकारवाला सबैको सहयोग र सहकार्यमा कोशी अस्पतालको सेवा अझ व्यवस्थित र प्रभावकारी बनाउन झा लागेका छन् ।

    डा. चन्द्रभाल झा ११ औं तहका बरिष्ठ चिकित्सक हुन् । उनी ११ औं तहमा बढुवा भएको पनि १० बर्ष भइसकेको छ । सचिव बढुवाका लागि आवश्यक पर्ने सिनियर एक्जुकेटिभ डेभलपमेन्ट प्रोग्राम(एसईडीपी) तालिम पनि उनले ३ बर्षअघि नै लिइसकेका छन् ।

    भरतपुर अस्पतालको जग्गा कहिले खाली होला ?

    सरकारी अस्पतालका जग्गा धेरै अतिक्रमणमा परेका छन् । भरतपुर अस्पतालको नाममा करिब ३१ बिगाहा जग्गा भए पनि उसले ११ बिगाहा मात्र उपयोग गर्न पाएको छ । अरु २० बिगाहा जग्गा अतिक्रमणमा परेका छन् ।

    कलेज अफ मेडिकल साइन्सदेखि नेत्रज्योति संघ नामक एनजीओहरुले कब्जा गरिरहेका छन् । भारतीय नागरिक भी नटराजले अति कम भाडामा लिजमा लिएका छन् । त्यो पनि समयमा भाडा तिरेका छैनन् । भरतपुर अस्पतालाई प्रतिष्ठान बनाउन जग्गा अभाव छ, तर कलेज अफ मेडिकल साइन्सदेखि नेत्रज्योति संघ, सीटीईभीटीले जग्गा अतिक्रमण गर्दा उसले अस्पताल बिस्तार नै गर्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार