काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन दशौँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ ।
सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका आकर्षक कार्यालयहरूमा निरन्तर कार्य गर्दाको अवधिमा प्रमुख शहरहरू काठमाडौं लगायतमा महंगा घडेरी खरिद गरी भव्य घर बनाएको, मंहगो सवारीसाधन खरिद गरेको लगायतका अमिल्दो जीवन बिताएको उजुरीमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा सापकोटाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भेटिएको खुलेको आयोगले जनाएको छ । सापकोटाले २ करोड ३ लाख ९४ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्तिआर्जन गरेको आरोप छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सापकोटा र उनकी श्रीमती निरजा पण्डितलाई प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्म सापकोटाको आम्दानी, खर्च तथा लगानीमाथि अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त अवधिमा उनले ३ करोड ३५ लाख ७७ हजार २ सय ६० रुपैयाँ ३४ पैसा वैधानिक आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।
सोही अवधिमा घरजग्गा, सेयर तथा सवारीसाधन खरिद, घर निर्माण, कर्जा भुक्तानी, बिमा, अध्ययन, सुन तथा विद्युतीय उपकरण खरिद, विदेश भ्रमण, पारिवारिक खर्च र बैंक तथा नगद मौज्दातसमेत गरी ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी गरेको अख्तियारको दाबी छ ।
आयोगका अनुसार वैधानिक आयको तुलनामा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बढी खर्च तथा लगानी भएको देखिएको छ । उक्त रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ ।
सार्वजनिक पदमा रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको तथा सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई झुट्टा विवरण पेस गरेकोसमेत आयोगको दाबी छ ।
अख्तियारले सापकोटाविरुद्ध कायम गरिएको बिगो बराबर जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न माग गरेको छ । सम्पत्ति लुकाई–छिपाई झुट्टा विवरण पेस गरेको आरोपमा थप कैद, जरिवाना र सम्पत्ति जफतको मागसमेत गरिएको प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।
सापकोटाले स्रोत नखुलेको रकमबाट श्रीमती पण्डितका नाममा सम्पत्ति खरिद गरेको देखिएको भन्दै सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र पण्डितलाई प्रतिवादी बनाइएको अख्तियारले स्पष्ट पारेको छ ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले तामाङसँग २२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend