Nepal Face
  • सोमबार, २२ भाद्र २०८३
  • भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आधा झुकाइयो राष्ट्रिय झण्डा


    सोमबार, भाद्र २२ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाइएको छ ।

    भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा १३ औं दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोमबार नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।

    भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १३ सय बढिको मृत्यु भएको छ । प्रहरीको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार