काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता गरेका छन् ।
टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जनाएको छ ।
सभापति लामिछानेले सो अवसरमा नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताएका थिए । साथै उनले विदेशमन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए ।
सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेका थिए । यसैबीच विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको रास्वपाले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ। भोटेकोशी बाढी प्रभावितको लागि कांग्रेसले उक्त सहयोग गरेको हो। आज महामन्त्री...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज सोमबार दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेको राष्ट्रपति पौडेलका...
काठमाडौँ । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक हजार रुपैयाँ जम्मा गरेको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अर्थमन्त्री...
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाइएको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १०...
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend