Nepal Face
  • आइतबार, २१ भाद्र २०८३
  • रसुवा बाढी: त्रिवि शिक्षण अस्पताल ल्याइएका २४४ मध्ये १६१ को अस्थायी व्यवस्थापन


    आइतबार, भाद्र २१ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

    अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए ।

    अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा चौधरीले बताए ।

    यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार