Nepal Face
  • शनिबार, २० भाद्र २०८३
  • बाढीले घरसहित बगाएको चन्डिका ११ दिनपछि जीवितै भेटिइन्


    शनिबार, भाद्र २० २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नुवाकोटको बेत्रावतीमा पुरिएको घरबाट उद्धार गरिएकी चन्डिका श्रेष्ठलाई बाढीले घरसहति बगाएको पाइएको छ ।

    स्थानीय नारायणलाल डंगोलका अनुसार, उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो । तर उक्त बाढीले बगाएर ५० मिटर पर घर पुर्‍याएको थियो ।

    बाढीले बगाएर लगेको घरबाट उनको उद्धार भएको डंगोलले बताए ।

    विदुर नगरपालिका १०– का वडा सदस्य मंगल तामाङका अनुसार, बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारको लागि खबर गरिएको थियो ।

    ‘बगरमा मान्छेको आउजाउ भइरहेको थियो । बाटो खन्ने काम पनि सुरु भएको छ । त्यही बेला मान्छेको आवाज आएपछि उद्धारको लागि प्रहरीलाई खबर गरेको हो,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार