Nepal Face
  • शनिबार, २० भाद्र २०८३
  • रसुवा बाढी: ११ दिनपछि माथिल्लो त्रिशुली १ बाट चिनियाँ नागरिकको जीवितै उद्धार


    शनिबार, भाद्र २० २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

    नेपाली सेना र दक्षिण कोरियाबाट आएको प्रकोप (डिजास्टर) विज्ञ टोलीको संयुक्त ती नागरिकको सुरुङभित्रबाट सफलतापूर्वक उद्धार गरिएको हो।

    उद्धार गरिएलगत्तै चिनियाँ नागरिकलाई थप उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशुलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ ल्याइँदैछ। बाढीका कारण विगत ११ दिनदेखि टनेल भित्रै सम्पर्कविहीन बनेका उनको स्थितिबारे थप विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार