काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू र त्रिशूली-स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प भएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भिरमा ठूलो पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द भएको छ भने सोही राजमार्गको परेवा भिरमा साना गाडी मात्र एक लेनमा सञ्चालन भइरहेका छन् ।
म्याग्दीको बेनी-जोमसोम सडक खण्ड, मुगुको मुगु-गमगढी सडक, बझाङको जय पृथ्वी राजमार्ग र अर्घाखाँचीको सालझण्डी-ढोरपाटन खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।
रोल्पाको शहीद मार्ग अन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन्। काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरी चिसापानी क्षेत्रमा सडक एकतर्फी मात्र सुचारु छ भने बीपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा १० टनसम्मका सवारीलाई निश्चित समय तोकेर मात्र अनुमति दिइएको छ।
नुवाकोटको टोखा-छहरे सडकमा रातिको समयमा यात्रामा रोक लगाइएको छ भने बाढीले गर्दा बेत्रावतीस्थित पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend