Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • चीनले नेपालसँग आपतकालीन जलविज्ञान सूचना निरन्तर आदानप्रदान गर्ने 


    शुक्रबार, भाद्र १९ २०८३
    270
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपालमा विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले आपतकालीन जलविज्ञान तथा मौसमसम्बन्धी निगरानी सूचना नेपालसँग नियमित रूपमा साझा गर्ने भएको छ।

    जलस्रोत मन्त्रालयका अनुसार चिनियाँ पक्षबाट उपलब्ध गराइने सूचनामा नदीको बहावमा अवरोध सिर्जना भएका स्थान तथा हिमतालका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमसम्बन्धी विवरणसमेत समावेश हुनेछन्। यसबाट सम्भावित जोखिमको समयमै आकलन तथा विपद् प्रतिकार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    चीनको मौसमसम्बन्धी निकायले चीन(नेपाल केरुङ(रसुवा सीमा क्षेत्रमा गएको भीषण पहिरोपछि नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा सम्भावित प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको थियो।

    उक्त विपद् घटेलगत्तै चीनको मौसम प्रशासनले नेपालका मौसम विज्ञान विभागसँग भिडियो माध्यमबाट परामर्शसमेत गरेको थियो। दुवै पक्षबीचको यस्तो समन्वयले सीमा क्षेत्रमा देखिन सक्ने मौसम तथा जलविज्ञानजन्य जोखिमबारे सूचना प्रवाहलाई थप व्यवस्थित बनाउने देखिएको छ।

    चिनियाँ दूतावासका अनुसार आगामी दिनमा पनि आपतकालीन जल विज्ञानसम्बन्धी निगरानी तथा जोखिम सूचनाको आदानप्रदानलाई निरन्तरता दिइनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार