काठमाडौँ । चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ।
भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुलाई त्यहाँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत सिधै चोभार ल्याउन सकिने व्यवस्था गरेको हो। विभागले सामान ढुवानी गर्ने सवारीसाधनका लागि सडक मार्गसमेत निर्धारण गरेको छ।
विभागका अनुसार भन्सार नियमावलीमा तोकिएका सर्त, प्रक्रिया तथा अन्य व्यवस्था पालना गर्ने गरी आन्तरिक परिवहनको सुविधा दिइएको हो। यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू हुनेछ।
यससँगै कोरला नाकाबाट भित्रिएका सामान मुस्ताङ भन्सार कार्यालयमै जाँचपास गर्नुपर्ने बाध्यता हटेको छ। निर्धारित प्रक्रिया पूरा गरेर सामान चोभार सुक्खा बन्दरगाहसम्म ल्याई जाँचपास गर्न सकिनेछ।
विभागले मालवाहक सवारीसाधनका लागि कोरला नाकादेखि चोभारसम्मको मुख्य सडक मार्ग तय गरेको छ।
कोरलाबाट प्रवेश गरेका मालवाहक सवारी नेचुङ-छुसाङ-कागबेनी-जोमसोम-बेनीकुस्मा-पोखरा-दमौली-मुग्लिङ-कुरिनटार-नौबिसे-कलंकी हुँदै चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्नुपर्नेछ।
मुख्य रुटमा समस्या आएमा मालवाहक सवारीले वैकल्पिक मार्ग प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्ता सवारी मुग्लिङ-नारायणघाट-हेटौँडा-भैंसे-नौबिसे- कलंकी-चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न सक्नेछन्।
गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि भने तत्काललाई हेटौँडातर्फको रुट निर्धारण गरिएको छ।
प्रलयकारी बाढीले रसुवागढी नाका तहसनहस बनाएपछि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ। कोरलाबाट हुने आयातलाई सहजीकरण गर्न विभागले आन्तरिक परिवहन र चोभारमा जाँचपासको व्यवस्था मिलाएको हो।

काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend