काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यमा परम्परागत रूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यमबाट कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन्।
गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको सहभागितामा विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार अनलाइन माध्यमबाट प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक हुँदै आएको छ।
विपद्को प्रतिकार्यमा स्थलगत अवस्थाको जानकारीबिना कार्यालयबाट मात्र नेतृत्व गर्ने पुरानो अभ्यासले अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ। विगतमा अपनाइएको नेतृत्व शैलीका कारण उत्पन्न समस्याबाट पाठ सिक्दै अहिलेको व्यवस्थापन प्रणालीलाई त्यसबाट फरक बनाइएको उनले बताएका छन्।
गुरुङले डिजिटल माध्यमको प्रयोगबाट निर्णय, समन्वय र प्रतिकार्यका काम तुलनात्मक रूपमा छिटो तथा प्रभावकारी भइरहेको दाबी गरेका छन्। मन्त्रालयको टेबल पछाडि बसेर गरिने कामभन्दा प्रविधिमा आधारित समन्वय प्रभावकारी भएको उनको भनाइ छ।
आफू भौतिक रूपमा कहाँ बसेर काम गरिरहेको छु भन्ने विषयलाई भन्दा विपद् प्रतिकार्यबाट प्राप्त हुने परिणामलाई मूल्यांकनको आधार बनाउन उनले आग्रह गरेका छन्।
गृहमन्त्री गुरुङले नेतृत्वको परम्परागत अवधारणा र प्रविधिमा आधारित वर्तमान कार्यशैलीबीचको अन्तरलाई ‘जेनेरेसन ग्याप’सँग समेत जोडेका छन्। पुरानै प्रणालीबाट फरक परिणाम अपेक्षा गर्ने तर नेतृत्वलाई पुनः त्यही पुरानो शैलीमा फर्किन दबाब दिने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend