Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • बाढीपछिको उद्धार र राहतबारे नेपाल- अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन संवाद


    शुक्रबार, भाद्र १९ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच नेपालमा उत्पन्न विपद्को अवस्था तथा उद्धार, राहत र पुनस्स्थापनाका विषयमा टेलिफोनमार्फत छलफल भएको छ।

    बिहान १० बजे भएको संवादका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा अष्ट्रेलियाली समकक्षीसँग भएको कुराकानीलाई महत्वपूर्ण रहेको बताएका छन्।

    भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले व्यक्त गरेको ऐक्यबद्धताका लागि प्रधानमन्त्री शाहले धन्यवाद दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार