काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् ।
उनी भदौ दश गते बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।
थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ । यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए ।
सभापति थापाले बिहीबार पार्टीका तर्फबाट स्थलगत निरीक्षणमा देखिएको दृष्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सार्वजनिक गरिने बताएका थिए ।
१० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।
काठमाडौं। माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट ४ टनेलमा बाढीका कारण थुनिएका एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना...
काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। गत भदौ...
काठमाडौं । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ पुरानो भुईयाफाटास्थित तीनकुनेबाट भदौ १९ गते सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र चरेश बरामद गरेको छ । उक्त...
काठमाडौँ। भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३ सय ४४ पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend