काठमाडौँ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ ।
मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको सङ्खुवासभाका डीएसपी कुमार मैनालीले बताए । उनी कालिका आधारभूत विद्यालयका शिक्षक हुन् ।
हत्यामा भरुवा बन्दुक प्रयोग भएको देखिएको डीएसपी मैनालीले जानकारी दिए । सदरमुकामबाट १० घण्टा टाढाको दुरीमा रहेको घटनास्थलमा इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली पुगेको छ । डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदैछन् । हत्यामा संलग्नबारे अनुसन्धान सुरु गरिएको डीएसपी मैनालीले बताए ।
स्कुल परिसरमा भेटिएको उनको शव प्रहरीले मुचुल्का गरेर पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेका छन् । घटना बिहीबार साँझको भएको बताइएको छ ।
काठमाडौं । त्रिशूली ३ ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । उनी भदौ दश गते बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको...
काठमाडौँ। त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। भोटेकोसी नदीमा बाढी आएको १० औँ दिन (भदौ १९...
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्स्थापनाका लागि ६० लाख सहयोग गरेको...
काठमाडौँ। त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट सञ्जय साह र कविर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend