काठमाडौँ। त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ।
भोटेकोसी नदीमा बाढी आएको १० औँ दिन (भदौ १९ गते बिहान) रसुवास्थित त्रिशुली ३ ‘ए’को सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेका हुन्।
सुरुङभित्र फसेकामध्ये २ जनाको जिबितै उद्धार गरेर उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाएको नेपाली सेनाले जनाएको छ। उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएको छ।
उद्धार गरिएका साह आयोजनाका मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुन्।
उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार गरिएको र सुरुङभित्र थप खोज तथा उद्धार कार्य जारी रहेको पनि नेपाली सेनाले जनाएको छ।
काठमाडौं । त्रिशूली ३ ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । उनी भदौ दश गते बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको...
काठमाडौँ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या...
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्स्थापनाका लागि ६० लाख सहयोग गरेको...
काठमाडौँ। त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट सञ्जय साह र कविर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend