Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • रौतहटबाट ३५ लाख बराबरको अवैध सामान बरामद


    बिहिबार, भाद्र १८ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ औरैयास्थित एक स्थानीयको घरबाट भाद्र १७ गते कष्मेटिक तथा सुर्तीजन्य सामान बरामद भएको छ ।

    सोही ठाउँ नन्दकिशोर गुप्ताको घरमा अवैध रुपले लुकाई छिपाई राखेको उक्त सामान विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।

    बरामद सामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । बरामद सामानको भन्सार दाखिला मुल्य ३५ लाख  २ सय ३० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार