Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • विपदमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई स्वास्थ्य मन्त्री मेहताले दिइन् धन्यवाद


    बिहिबार, भाद्र १८ २०८३
    205
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा सम्भावित महामारी तथा संक्रामक रोगको जोखिम न्यूनीकरण,स्वास्थ्य निगरानी तथा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि निरन्तर खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी,कर्मचारी तथा सहयोगी जनशक्तिप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय हार्दिक आभार व्यक्त गरेको छ ।

    स्वास्थ्य मन्त्री निशा मेहताले बिपदको समयमा आपतकालीन प्रतिकार्यमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुप्रति आभार प्रकट गरेकी हुन् । सामाजिक विपद्को कठिन परिस्थितिमा आफ्नो व्यक्तिगत सहजता र सुरक्षाभन्दा माथि उठेर प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि मैदानमा खटिरहनुभएको तपाईंहरूको समर्पण,साहस र सेवाभाव प्रशंसनीय भएको मेहताले उल्लेख गरेकी छन् ।

    मन्त्री मेहता लेख्छिन- ‘तपाईंहरूको समर्पणले विपद्मा परेका नागरिकलाई भरोसा दिएको छ। तपाईंहरूको सेवा,साहस र समर्पणप्रति हार्दिक सम्मान तथा धन्यवाद।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार