Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • भोटेकोसी बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर पशुपतिमा दाहसंस्कार


    बुधबार, भाद्र १७ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता हुनेका आफन्तहरूले कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्न थालेका छन् । बुधबार पशुपति आर्यघाटमा आफन्तहरूले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका हुन् ।

    पशुपति विकास कोषअन्तर्गत आर्यघाटमा दाउरा व्यवस्थापनमा खटिएका कर्मचारी बुद्ध तामाङले आफन्तहरूले बुधबार बिहानैदेखि कुशका शव बनाएर सामूहिक अन्त्येष्टि गरेका जानकारी दिए । कुशको प्रतिमा बनाएर निःशुल्क अन्येष्टिको व्यवस्था गरिएको उनले बताए ।

    ‘बेपत्ताका आफन्तहरूले आज बिहानैबाट परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्न आउनुभएको छ,” उनले भने, “एकजना व्यक्तिदेखि र समूहकै पनि दाहासंस्कार हुनसक्ने भएकाले के कति भनेर संख्या गन्न सम्भव हुने कुरा भएन ।’

    आर्यघाटमा बिहानैबाट भिडभाड रहेको उनले बताए । कतिपयले बेपत्ताको फोटोजस्तो बनाएर श्रद्धाञ्जली दिने गरेको पनि उनले बताए । त्यस्तै, पशुपतिस्थित क्रियापुत्री घरसमेत भरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार