काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मालपोत कार्यालय, भैरहवामा कार्यरत तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसमेत पाँच जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगले आचार्यसहित तत्कालीन नायब सुब्बा लक्ष्मणप्रसाद न्यौपाने, नायब सुब्बा अजितकुमार साहनी (चाई), खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराज कान्त मिश्रलाई प्रतिवादी कायम गरी आरोप पत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायत–९९ख० का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२ र ९४ का जग्गा हदबन्दीमा परेपछि कालीजी मन्दिरका लागि छाडिएको तथ्य प्रमाणबाट देखिएको आयोगले जनाएको छ। २०२२ सालमै हदबन्दीका कारण उक्त जग्गा छाडिएको र २०२६ सालको सर्भे नापीमा समेत कालीजी मन्दिरलाई दान गरिएको विवरण रहेको आयोगको भनाइ छ।
मन्दिरका लागि छाडिएको तथा सार्वजनिक प्रयोगमा रहेको उक्त जग्गा पछि व्यक्ति विशेषको नाममा दर्ता कायम गरिएको आयोगको अनुसन्धानबाट खुलेको दाबी छ। सरकारी नाममा दर्ता श्रेस्ता कायम गर्न बाँकी रहेको हदबन्दीको जग्गालाई आवश्यक कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिको नाममा दर्ता गराइएको आरोप पत्रमा उल्लेख छ।
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता हुनेका आफन्तहरूले कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्न थालेका छन् । बुधबार पशुपति आर्यघाटमा आफन्तहरूले कुशको...
नवलपरासी। रसुवा बाढीका कारण नारायणी नदी (गण्डक क्षेत्र) मा बगेर नवलपरासीसम्म आइपुगेका १९५ वटा शवमध्ये १४५ वटाको व्यवस्थापन गरिएको छ। भारतीय क्षेत्रमा फेला परेका...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने प्रस्ताव अघि सारेको छ। चुनदेवीमा जारी...
काठमाडौँ। प्रतिनिधि सभा बैठकले भोटेकोसीको बाढीले निम्त्याएको विपद्बारे विशेष प्रस्ताव पारित गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गरेका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend