Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • सुरुङभित्र फसेका नागरिकको उद्धारमा भएको ढिलाइ अमानवीय: भीष्म आङ्देम्बे


    बुधबार, भाद्र १७ २०८३
    40
    Shares
    नेपाली कांग्रेसका नेता भिष्मराज आङ्दम्बे बिहीबार सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य राख्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाएका छन् ।

    आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

    अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराए ।

    ‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ । अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ,’ उनले भने, ‘समयक्रममा यो अझै बढ्न सक्छ । समयक्रममा यो अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाका खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’

    सुरुदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार