Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • ‘आफन्तको पर्खाइमा रहेका नागरिकको पीडा महसुस गरेको छु’: प्रधानमन्त्री शाह


    बुधबार, भाद्र १७ २०८३
    25
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा, नुवाकोट र धादिङमा आएको बाढीले ती जिल्लामा मात्र सीमित नभई सिंगो देशलाई प्रभावित बनाएको बताएका छन्।

    प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले बाढीपछि आफन्त बेपत्ता भएर उनीहरूको खोजीमा पर्खिरहेका नागरिकको पीडाप्रति आफू संवेदनशील रहेको बताएका हुन्।

    प्रधानमन्त्री शाहले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफन्त अझै सम्पर्कमा नआएका परिवारले भोगिरहेको अनिश्चितता र पीडालाई आफूले गहिरोसँग महसुस गरेको बताए।

    उनले विपद्को अवस्थालाई कुनै निश्चित जिल्ला वा समुदायको मात्र समस्या नभई राष्ट्रिय पीडाका रूपमा लिनुपर्ने धारणा राखे। संकटका कारण मन विचलित भए पनि अहिले पारस्परिक रूपमा दुःख व्यक्त गरेर बस्नेभन्दा उद्धार र नागरिकको जीवन रक्षालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

    प्रधानमन्त्री शाहले संकटको समयमा राज्यको नेतृत्वले निराशा व्यक्त गर्नेभन्दा नागरिकलाई साहस, भरोसा र साथ दिनुपर्ने जिम्मेवारी रहेको बताए। विपत्तिसँग जुध्न दृढ इच्छाशक्ति र साहसका साथ अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै सरकार त्यसैअनुसार काम गरिरहेको उनको भनाइ छ।

    बाढीपछि नागरिकको जीवनरक्षाका लागि सरकारले सञ्चालन गरेका उद्धार तथा अन्य प्रयासबारे पनि प्रधानमन्त्री शाहले प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार