काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ।’
भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो ।
उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ ।
३ हजार ९१६ जना सम्पर्कविहीन छन् । २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
यो अवस्थाबारे प्रतिनिधिसभामा सुरुमै प्रधानमन्त्री बालेनले ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाएका...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा, नुवाकोट र धादिङमा आएको बाढीले ती जिल्लामा मात्र सीमित नभई सिंगो देशलाई प्रभावित बनाएको बताएका छन्। प्रतिनिधि सभामा सम्बोधन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै आफू विशेष जिम्मेवारीका साथ सार्वभौम संसद्को रोष्ट्रममा उपस्थित भएको...
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा प्रदेश...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन्। बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend