काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै आफू विशेष जिम्मेवारीका साथ सार्वभौम संसद्को रोष्ट्रममा उपस्थित भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बाढीबाट उत्पन्न मानवीय संकट, प्रभावित क्षेत्रको अवस्था तथा खोज, उद्धार र राहतका सम्बन्धमा जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले आफ्नो उपस्थितिलाई विशेष जिम्मेवारीसँग जोडेर धारणा राखेका हुन्।
भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावतीसहित नुवाकोटको त्रिशूली बजार तथा देवीघाट क्षेत्र प्रभावित भएको छ। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी आसपासका क्षेत्रसमेत बाढीबाट प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार बाढीबाट बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्। प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको तथ्यांक छ।
प्रधानमन्त्री शाहले संसद्मा आफ्नो सम्बोधनमार्फत विपद्को गम्भीर अवस्थाबारे जानकारी गराउँदै राज्यका तर्फबाट भइरहेको खोज तथा उद्धार, राहत र व्यवस्थापनका प्रयासबारे प्रतिनिधिसभालाई अवगत गराएका छन्।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाएका...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवा, नुवाकोट र धादिङमा आएको बाढीले ती जिल्लामा मात्र सीमित नभई सिंगो देशलाई प्रभावित बनाएको बताएका छन्। प्रतिनिधि सभामा सम्बोधन...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले...
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा प्रदेश...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन्। बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend