Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार


    बुधबार, भाद्र १७ २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ ।

    विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ६० केजी गाँजा बरामद गरेको हो ।

    राति ११:०० बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा। लि।’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए ।

    सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए । चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

    बरामद गरिएको भ्यान र गाँजा नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार