काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच मंगलबार भेटवार्ता भएको छ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट भएको क्षति तथा विपद्पछिको खोज, उद्धार, राहत र पुनर्निर्माणमा नेपाल–चीन सहकार्यका विषयमा छलफल भएको हो।
भेटमा राजदूत सोङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहेको बताएका छन्। नेपालको आवश्यकताअनुसार जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको उनको भनाइ छ।
विपद्लगत्तै चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको उल्लेख गर्दै राजदूत सोङले आवश्यकता रहेसम्म सहयोग जारी रहने बताएका छन्।
सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप सहकार्यका लागि आग्रह गरेका छन्।
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी...
काठमाडौँ। भोटेकोसी बाढीबाट पीडितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौँ आइपुगेको छ। उक्त जहाज आज बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस...
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभाबित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ । धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend