काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच मंगलबार भेटवार्ता भएको छ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट भएको क्षति तथा विपद्पछिको खोज, उद्धार, राहत र पुनर्निर्माणमा नेपाल–चीन सहकार्यका विषयमा छलफल भएको हो।
भेटमा राजदूत सोङले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालको साथमा रहेको बताएका छन्। नेपालको आवश्यकताअनुसार जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको उनको भनाइ छ।
विपद्लगत्तै चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराइरहेको उल्लेख गर्दै राजदूत सोङले आवश्यकता रहेसम्म सहयोग जारी रहने बताएका छन्।
सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा थप सहकार्यका लागि आग्रह गरेका छन्।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend