काठमाडौँ। भोटेकोसी बाढीका कारण जलविद्युत आयोजनाको सुरुङमा फसेका कर्मचारी र मजदूरको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मंगलबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भोटेकोसी बाढीमा भइरहेको खोज तथा उद्धारबारे जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सुरुङ उद्धारमा प्रगति हुन नसकेको बताएका हुन्।
‘केही बेर अगाडिसम्मको हाम्रो जानकारीमा कुनै त्यस्तो प्रोसेस भएको भन्ने कुरा आएको छैन। उहाँहरू प्रयासरत नै हुनुहुन्छ,’ उनले भने।
सुरुङ उद्धारका लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका विशेषज्ञहरूले काम गरिरहेको उनले बताए। उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ।
‘टनेल रेक्स्युको लागि हाम्रो टिम पहिलेदेखि नै खटिइराखेको छ, भारत र चीनबाट आएका टनेल विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेको छ,’ क्षेत्रीले भने, ‘भूगोलको असहज अवस्था र कठिनाईलाई पन्छाउँदै दिनरात नभनी काम गरिरहनुभएको छ।’
भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन्।
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजना क्षेत्रमा खोजी गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको उनले जानकारी दिए।
बाढी गएको सात दिनसम्म पनि चिलिमे र लाङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशुली–३ ‘बी’ लगायतका आयोजनामा फसेकाहरुको उद्धार गर्न सकिएको छैन।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend