Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • चिनियाँ जलस्रोत मन्त्रालयले भन्यो- हिमचट्टान अझै भत्किने सक्ने र ठूलो खतरा निम्त्याउन सक्छ 


    मंगलबार, भाद्र १६ २०८३
    175
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

    चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो।

    सीसीटीभीका अनुसार, दक्षिण(-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ)काउन्टीमा आएको लेदोसहितको बाढीको विपद्‌सँग जोडिएका सम्पूर्ण जोखिमहरूको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ।

    रिमोट-सेन्सिङ तस्वीरहरूको हालै गरिएको तुलनात्मक विश्लेषणअनुसार, ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालहरूको जलसतह क्षेत्रमा भने कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन। ती तालहरू समग्रमा स्थिर अवस्थामै रहेका छन्।

    मंगलबार बिहान नेपाली समयअनुसार बिहान ५स्४५ बजे खिचिएको ड्रोन तस्वीरका आधारमा, नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी धेरैजसो बगेर निकास भइसकेको छ र तल्लो तटीय क्षेत्रमा नदीको बहाव सामान्य रहेको छ।

    यद्यपि, उक्त क्रेटर वरपर अझै पनि हिमनदी वा हिमखण्ड भत्किने जोखिम भने कायमै रहेको रिपोर्टमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार