Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • रसुवा बाढी: पोखरामा पनि पहिचान नभएका शवको व्यवस्थापन सुरू


    मंगलबार, भाद्र १६ २०८३
    375
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। रसुवा बाढीमा परेर विभिन्न जिल्लामा फेला परेर पोखरा ल्याइएका पहिचान नभएका ७८ वटा शव बुधबार पोखरा( १६ दिपस्थित सेती नदी किनारमा व्यवस्थापन सुरू भएको छ । तनहुँ, गोरखा,धादिङ जिल्लास्थित त्रिशूली नदी क्षेत्रबाट र नवलपुरको नारायणी नदीबाट उद्धार गरेर १०२ जनाको शव पोखरा ल्याइएको थियो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको शवमध्ये पहिचान नभएका ७८ जनाको शव बुधबार व्यवस्थापन भएको हो । पहिचान भएका १९ जनाको शव आफन्तलाई बुझाइको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी दिए ।

    दुईजना विदेशीजस्तो देखिन र आफन्तले आफ्नो भएको बताइएका ३ जनाको शव गरी पाँचजनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको पनि कास्की प्रहरी प्रमुख कार्कीले बताए ।

    पोखरा ल्याइएका सबै शवको पोष्टमार्टम र डीएनए नमूना संकलन गरी संकेत नम्बरको आधारमा अभिलेख राखेपछि पहिचान नभएका ७८ जनाको शव जमिन मुनी व्यवस्थापनको काम सुरू गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार